काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एबम पूर्वमन्त्री शेर बहादुर तामाङले नेकपा भित्र देखिएको विवाद र बहसले पार्टी अझ बलियो बन्ने दाबी गरेका छन् ।
आज काठमाडौंमा संवाद क्लव नेपालले आयोजना गरेको अन्तर–संवाद कार्यक्रममा बोल्दै पार्टीमा यस्ता किसिमका बहसले पार्टी बलियो बन्ने बताए ।
साथै उनले सत्तारुढ दल भित्रको आन्तरिक विवाद अझै लम्बने बताए ।
पार्टी भित्र जति आन्तरिक विवाद हुन्छ त्यति नै पार्टी बलियो हुने उनको भनाई छ ।
सत्तारुढ दलभित्र समस्या देखा परे पनि कुनै पनि हालतमा पार्टी फुट्न नदिने नेता तामाङले बताए ।
उनले पार्टी भित्र यस्ता खालका बहस अझै बढनु पर्ने बताए । “हामी पार्टीलाई एकता बद्ध हुने गरी लागेका छौ । दुई पार्टी बीच मिलेर चुनाव लड्यौ गठबन्धनलाई जनताले बहुमत दिए ।” उनले भने ।
त्यसै कारण जनताको यो भावनालाई कदर गर्नु पर्ने बताए ।
“गणितको खेलमा नेताहरु ब्यस्त छन यसरी देश र पार्टी चल्दैन ।” उनले भने । कार्यकर्ता र आमजनताको भावना बुझन जरुरी रहेको उनले बताए ।
त्यस्तै पद्धतिमा हिसाव गर्न र जोड घटाउको खेलमा पार्टी नचलाउन शिर्षनेताहरुलाई नेता तामाङको सु्झाब छ ।
तामाङले प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपती सिस्टममा मुलुक नगएसम्म राजनीति स्थिरता नहुने बताए । २०१५ सालको विपी कोईरालाको नेतृत्वमा बनेको सरकार पुरै समय टिक्न सकेन । त्यस यता ०४६ सालको परिवर्तन पछि बनेका बहुमतका सरकार पनि पुरै समय टिक्न सकेनन् । कारण हाम्रो शासकीय स्वरुप ठिक नभएर हो । अव राजनीतिक दलका बीच सहमति गरेर शासकीय स्वरुप परिवर्तन गर्नु पर्ने नेता तामाङले बताए ।
उनले प्रत्यक्ष कार्यकारी राष्टपति प्रणालीमा जानु पर्ने बताए । उनले भनेर्, “शासकीय पद्धति रहे सम्म हामी आफै ढल्ने छौ । जति सुकै बहुमतको सरकार भए पनि पुरै समय टिक्ने छैनौ । सरकार स्थिर रहने छैन ।”
त्यसै गरि नेपाली कांग्रेसका नेता तथा पूर्वगृह राज्य मन्त्री देवेन्द्र राज कंडेलले बर्तमान सरकारले चुनावमा बाचा गरेका कुरा पुरा गर्न छाडेर आन्तरिक बिवादमा फस्नु देशको लागी दुर्भाग्य हुने बताए ।
। उनले प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि विवाद रहेको स्वीकार्नु भयो । सरकारले जुन ढंगले काम गर्नु पर्ने थियो त्यो अहिले सम्म हुन नसकेको बताए ।
उनले देशमा कोभिड १९ कोरोना ब्यवस्थापन गर्न सरकार असफल भएको आरोप लगाए
।
सरकारले शुसासन कायम गर्न नसकेको बताए । देशमा भष्टाचार बढेर गएको छ ।
स्थानीय तह देखी केन्द्र सम्म भष्टचारले घेरेको छ । भष्टाचार नियन्त्रण नगरे सम्म देशको बिकास सम्भव नभएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया