काठमाडौं । स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको केसमा उनका पिताले फिल्म एक्ट्रेस तथा सुशान्तकी गर्लफ्रेण्ड रिया चक्रवर्ती र उनका परिवारसहित अन्य ६ जनाविरुद्ध एफआईआर दर्ता गराएका छन् ।
उनले रियाले आफ्नो मायाँको जालमा सुशान्तलाई फसाएको आरोप लगाएका छन् ।
उनले सुशान्तको खाताबाट पैसा झिकेर उनलाई आत्महत्या गर्नउक्साएको पनि उनले आरोप लगाएका छन् ।
रियासँग यस अगाडि नै पुलिसले ११ घण्टासम्म सोधपुछ गरेको थियो । सुशान्तले गत जून १४ तारिखको राती झुण्डिएर आत्महत्या गरेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया