सकियो नेकपा स्थायी कमिटी बैठक, के भयो निर्णय ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गरि बैठक चलाएका थिए ।

उक्त बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न प्रचण्डलाई जिम्मेवारी दिएको स्रोतले जनाएको छ ।

आजको लागि तोकिएको बैठक अन्तिम अवस्थामा रोकिएको थियो । ओलीसँग भेटघाट गरी प्रचण्डले बैठक शुरु गरेका थिए । बैठकमा उपाध्यक्ष एवम् स्थायी कमिटी सदस्य बामदेव गौतमले सरकार र पार्टी अध्यक्ष फरक फरक व्यक्तिले चलाउने भन्ने पूर्व सहमति कार्यान्वयन गर्ने पक्षमा आफू रहेको धारणा व्यक्त गरेका थिए ।

बैठक सकिनुअघि उपाध्यक्ष गौतम र अर्का सदस्य भीम रावल बैठकबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?