बालुवाटार बैठक छाडेर हिँडे बामदेव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकबाट उपाध्यक्ष बामदेव गौतम र स्थायी समिति सदस्य भीम रावल बाहिरिएका छन् ।

बैठकमा गौतमले पार्टीभित्रको विवाद समाधानको लागि बैचारिक रुपमा सुदृढ हुनुपर्ने पक्षमा रहेको बताएका थिए ।

पार्टीको विवाद समाधानका लागि भन्दै अध्यक्षद्वयलाई ६ बुँदे प्रस्ताव बुझाएका गौतमले पार्टी गम्भीर मोडमा लैजानुमा को दोषी हो ? भन्दै प्रश्न समेत गरेका थिए । “पार्टी गम्भीर मोडमा कसको कारणले गयो यसको दोषी को हो, अध्यक्षद्वयको पदको लडाइमा पर्न चाहन्न तर म पार्टी बैचारिक रुपमा सुदृढ हुनुपर्ने पक्षमा छु ।” गौतमले भने ।

यसअघिको स्थायी कमिटि बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्छ भन्ने प्रस्तावमा जनाएका गौतमले अहिले पार्टी र प्रधानमन्त्री फरक फरक व्यक्तिले चलाउने भन्ने कुरामा आफू अडिग रहेको समेत स्पष्ट पारेका छन् ।

“पार्टी गम्भीर मोडमा कसको कारणले गयो यसको दोषी को हो, अध्यक्षद्वयको पदको लडाइमा पर्न चाहन्न तर म पार्टी बैचारिक रुपा सुदृढ हुनुपर्ने पक्षमा छु । महाधिवेशन गरेर पार्टीलाई संगठित रुपमा अगाडि बढाउनु म शुरुदेखि नै भन्दै आएको हुँ । पार्टीमा एकजनाले सरकार चलाउने हो र एकजनाले पार्टी चलाउने निर्णय भएको हो । मंसिर ४ भएको निर्णय गराउन मेरो भुमिका महत्वपुर्ण थियो र अहिले पनि त्यसमै अडिग छु । मंसिर ४ गते जे निर्णय भएको छ त्यसलाई कार्यान्वयन गरेर अगाडि बढौ । महाधिवेशनको तयारीमा जुटौ ।” गौतमले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?