काठमाडौं । पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव अघि सारेका छन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसामु गौतमले पार्टीको विवाद मिलाई पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका हुन् ।
प्रस्ताव अनुसार गौतमले ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको बाँकी अवधिभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहने बताइएको छ ।
साथै एकता महाधिवेशनसम्म प्रचण्ड पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, पार्टीको एकता महाधिवेशन सहमतिको आधारमा गर्ने, प्रधानमन्त्रीको दैनन्दिनका कामहरुमा हस्तक्षेप नगर्ने गौतमले प्रस्ताव राखेका छन् । तर, सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयसँग परामर्श गर्नुपर्ने समेत प्रस्ताव गौतमले राखेका छन् ।
साथै पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शको आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्नुका साथै संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयमा परामर्श लिने पनि गौतमको प्रस्ताव छ । यसबाहेक पार्टी बैठकहरु पार्टी कार्यालयमा मात्रै गर्ने पनि उनले प्रस्ताव राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया