काठमाडौं । कोरोना भाइरसका कारण सारा विश्व ग्रस्त छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ४८ हजार ३२७ जनाको मृत्यु भईसकेको छ भने १ करोड ६१ लाख ९६ हजार ५०३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९९ लाख ११ हजार ९६१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३२ हजार ९६ जनाको मृत्यु भएको छ भने १३ लाख ८५ हजार ४९४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८ लाख ८६ हजार २३५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा अहिले ४ लाख ६७ हजार १६३ जना स्वास्थ्योपचार गराईरहेका छन् ।
भारतमा शनिवार मात्रै ४८ हजार ४७२ जना संक्रमित थपिएका छन् भने ६९० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया