राप्रपा नेता सुनिल थापासहित ३१ जनाले दिए सामुहिक राजिनामा

काठमाडौं ।  पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सुनिलबहादुर थापासहित ३१ नेताहरुले सामुहिक रुपमा राजिनामा दिएका छन् ।

शनिबार पार्टीका अक्ष्यक्षहरुलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

राजिनामा दिनेमा थापासहित विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जना रहेको स्रोतले जनाएका हुन् ।

राप्रपाको तीन धार एकै ठाउँमा आएदेखि थापा असन्तुष्ट बनेका थिए । उनी कांग्रेसमा जाने चर्चा चलिरहेका बेला उनीसहित ठुलो संख्यामा नेताहरुले राजिनामा दिएका हुन् ।

थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/Joint-Resignation.pdf” title=”Joint Resignation”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?