काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी गरेका छन् ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आज शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताउँदै पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको प्रष्ट्याउँदै भने पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ ।
‘ओलीतिर संकेत गर्दै उनले भने, “एकलौटीपन हाबी हुँदा नेकपामा विवाद आएको र आफूखुसी काम गर्दा सरकार बदनाम भएको छ ।” उनले थपे, “पार्टी बैठक चलिरहेकै बेला जिन्दावाद र मुर्दावादको नारा लगाउन मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो।”
पार्टीकै निर्देशन र पहलमा नेपालको नक्सा प्रकाशित गरेपनि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले आफैँले मात्रै गरेकोजस्तो गरी जस लिन खोजेको र अरुलाई दलाल भन्दै हिँडेकोप्रति आपत्ति पनि जनाए । उनले भने – ‘पार्टीमा फूटको खतरा छ ।’
यो समाचार पढ्नुहोस् :
नेकपा स्थायी कमिटि बैठकमा प्रश्न- ‘नेकपा (एमाले) दल दर्ता कसले गरायो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया