काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न २८ वटा प्रयोगशालाबाट ३ हजार ७ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षणका क्रममा देशभरबाट थप १ सय जनामा कोरोना पुष्टि भएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
त्यस्तै हालसम्म १२ हजार ६ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र २ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किए। त्यो भनेको कुल संक्रमितको अनुपातमा ७० दशमलव १ प्रतिशत हो ।
हाल नेपालमा ५ सय ३० जना रेड जोन अर्थात कोरोना संक्रमणको उच्च जोखिममा रहेको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप १ जना रेडजोनमा परेका छन् ।
नेपालमा हालसम्म कोरोनाको कारण ४२ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा एक नेपाली र एक चिनियाँ महिला रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंको ३ जनानै काठमाडौंका रहेका छन् ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका ४ जना
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा मोरङका ३ जना
प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १ जना र ताप्लेजुङका ३ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १८ जना
प्रादेशीक जनस्वास्थ्य प्रयोशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ५ जना
नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाराका ३ जना र पर्साका ६ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र सर्लाहीका २ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका १ जना
वीर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा सर्लाहीका १ जना
प्रादेशीक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा लमजुङका ७ जना, स्याङजाका ३ जना र बाग्लुङका ३ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३ जना, बर्दियाका २ जना र सल्यानका २ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका गरिएको परीक्षणमा कालीकोटका ६ जना
दैलेख रियल टाइम पीसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका १६ जना
डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परीक्षणमा बझाङका १ जना र डोटीका ७ जना
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
नेपालमा हाल २० हजार भन्दा बढी मानिस क्वारेन्टाइनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार हाल नेपालमा २० हजार ८ सय ४२ जना क्वारेन्टाइनमा रहेका छन् ।
पछिल्लो समय करेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेका छन् । हाल क्वारेन्टाइनमा रहेका मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना क्वारेन्टाइनमा रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार ३ सय ८ जना रहेका छन् ।
प्रदेश नं १ मा २ हजार ५ सय ५८ जना
प्रदेश नं २ मा २ हजार ३ सय ९७ जना
वाग्मती प्रदेशमा १ हजार ४ सय ८४ जना
गण्डकी प्रदेशमा ३ हजार ३ सय ९ जना
प्रदेश नं ५ मा ३ हजार २ सय २४ जना
कर्णाली प्रदेशमा १ हजार ३ सय ८ जना
सुदूरपश्चिम प्रदेशमा ६ हजार ५ सय ६२ जना
कुन प्रदेशमा कति छन् सक्रिय कोरोना संक्रमित ?
कुन प्रदेशमा कति भए संक्रमण मुक्त ?
नेपालमा पछिल्लो २४ घण्टामा थप २०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भएर १२ हजार ६ सय ८४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
नेपालमा आज थप २०७ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
प्रदेश १ मा ७५२ जना
प्रदेश २ मा २८३५ जना
वाग्मती प्रदेश ४५६
गण्डकी प्रदेशमा १०२४ जना
प्रदेश ५ मा ३८४८जना
कर्णाली प्रदेशमा १५६७ जना
सुदूरपश्चिम प्रदेशमा २२०२ जना
कोरोना संक्रमित नभएका यी ७ जिल्ला
। नेपालको ७७ जिल्लामध्ये अहिले ७ जिल्लामा कोरोना संक्रमित छैनन् । ७ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
हाल कोरोना संक्रमित नभएका ७ जिल्ला
- भोजपुर
- मुस्ताङ
- सङखुवासभा
- धनकुटा
- मनाङ
- पाँचथर
- रसुवा
यी ३ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित
नेपालका ५ जिल्लामा हाल ५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित रहेका छन् ।
- रौतहट
- बाजुरा
- कैलाली
असार १० गतेदेखि आजसम्म कति परीक्षणमा कति संक्रमित भेटिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार १० गतेदेखि साउन ७ गतेसम्म कोरोना परीक्षण र संक्रमितको तथ्यांक सार्वजनिक गरेको छ । पछिल्लो समय कोरोना संक्रमणदर घट्नुमा परीक्षणको दायरा कम भएको भन्ने आम मानिसको चासोकाबीच मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौमतले उक्त तथ्यांक सार्वजनिक गरिएको जानकारी दिए ।
मिति परीक्षण संक्रमित प्रतिशत
असार १० गते ६८२८ ६२९ ९.२
असार १५ गते ७७९१ ४७६ ६.१
असार २० गते ४७१० २९३ ६.२
असार २५ गते ४८६ ११८ २.५
असार ३० गते ४३६१ ११६ २.७
साउन ४ गते ३७७१ १५६ ४.२
साउन ७ गते ३७७९ १00 २.६
पछिल्लो २४ घण्टामा एक विदेशीसहित २ जनाको मृत्यु, मृतक संख्या ४२ पुग्यो
बितेको २४ घण्टामा नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ नेपाली र १ विदेशी नागरिक रहेका छन् ।
यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका ६० वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । उनमा उच्च ज्वरो र स्वास्स प्रश्वास सम्बन्धि समस्याका कारण साउन २ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भ्यान्टिलेटरमा राखि उपचार गरिरहेको अवस्थामा साउन ६ गते मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै अर्की एक चिनियाँ महिलाको पनि कोरोनाको कारण मृत्यु भएको छ । मृत्यु हुने ४९ वर्षीया ती महिला पोखरामा काम गर्दै आएकी थिइन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि मणिपाल अस्पताल भर्ना गरिएको थियो । गत साउन २ गते थप उपचारको लागि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल काठमाडौं ल्याइएको थियो । उनको कोरोना परीक्षणका क्रममा संक्रमण पोजेटिभ देखिएको थियो । थप उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा आज साउन ७ गते मृत्यु भएको प्रवक्ता गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया