काठमाडौं । स्यङ्जानमा कार्यरत ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा गरिएको परीक्षण जिल्ला प्रहरी कार्यालय स्याङ्जाका दुईजना हवल्दार र एकजना सिपाहीमा कोरोना संक्रमण भेटिएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार ३३, ३४ र ३८ वर्षीय पुरुष प्रहरीमा कोरोना संक्रमण भेटिएको हो ।
संक्रमित प्रहरी कर्मचारीहरुको गत साउन ४ गते स्वाब परीक्षणका लागि पोखरा लगिएको थियो । उनीहरुमा मंगलबार दिउँसो कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कणेलका अनुसार संक्रमण प्रहरी कर्मचारीहरुलाई करेण्डाँडा स्वास्थ्य चौकीको आइसोलेसनमा राख्ने तयारी भैरहेको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया