काठमाडौं । कांग्रेसका नेता प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली राष्ट्रवाद देखाएर जनताका आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन् ।
जननायक एवम् नेपाली कांग्रेसका संस्थापक नेता विपी कोईरालाको ३८ औं बीपी स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा आफ्नो विचार राख्दै नेता गिरीले वास्तविक राष्ट्रवाद के हो बीपी कोईरालाबाट सिक्नुपर्ने धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले संविधानवाद र लोकतन्त्रको धज्जी उडाएको बताउदैं पार्टीभित्र छलफल नगरी सभामुखलाई नसोधी संसद अन्त्य गर्न कुन संसदीय व्यवस्थामा पाईन्छ भन्दैं नेता गिरीले प्रश्न गरेका छन् । राष्ट्रपतिनिवास शीतलनिवास संविधानवादको रक्षक बन्नुपर्ने तर केपी ओलीको मात्र रक्षक बनेको उनको आरोप छ ।
बीपीको राष्ट्रवादलाई बुझ्नका लागि संसारका राष्ट्रवादलाई अनेक भागमा बाड्न सकिन्छ, एउटा जनतालाई बलियो भन्ने राष्ट्रवाद र अर्को राजालाई बलियो भन्ने राष्ट्रवाद, उनले भने ।
वर्तमान सरकारले कहिले नक्सा बाण, कहिले नागरिकता विधेयक अस्त्र त कहिले रामवाण देखाएर जनतालाई झुक्याउन खोजेको, जनता रोग, भोग, नाना, माना र छानाको समस्याबाट गुज्रिरहेका बेला फलानो देशलाई देखाईदिन्छु भन्ने कुरा कुनै पनि कोणबाट सच्चा राष्ट्रवाद नभएको नेता गिरीको भनाई थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया