काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङ – काठमाडौं सम्पर्क समितिले तारकेश्वर नगरपापालिका-७ मा अवस्थित नवजीवन परोपकार वृद्धाश्रमलाई खाद्यन्न सामाग्री सहयोग गरेको छ ।

विपि कोईरालाको ३८ औँ स्मृति दिवस पारेर गरिएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले सम्पर्क समितिले सृजनशिल काम गरेको भन्दै, यस्ता क्रियाकलापले नै विपी कोइराला प्रति सच्चा श्रद्भान्जली हुने बताए ।

साथै नेविसंघलाई सधैँ यस्तै सृजनात्मक काम गर्न पनि उनले अनुरोध गरे । आश्रमलाई सहयोग गर्न दाल, चामल, नुन, तेल,चिनी, फलफुल लगायतका सामाग्री लिएर नेविसंघ नेता तथा कार्यकर्ता आश्रममा पुगेका थिए । कार्यक्रम नेविसंघ धादिङ – काठमाडौं सम्पर्क समितिका अध्यक्ष किरण भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा काङ्ग्रेसका नेताहरु राकेश धमला, कृष्ण रिजाल, योग बहादुर तामाङ, राजेन्द्र सुवेदी,हर्कमान तामाङ,तरुण दलका नेता भाग्बत रेग्मी, नेविसंघका नेताहरु इश्वर अधिकारी, निवर्तमान केन्दिय सदस्य सुशील भट्ट, जयराम दाहाल त्यस्तै, निरन्जन थापा,माधव शर्मा,सुरेन्द्र थपलिया,सन्तोष गुरुङ,प्रदीपजङ्ग शाह, दिलिक्षा अधिकारी आदि को उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया