काठमाडौं, १४ फागुन । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास जारी राखेका छन् सोमबार बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच संघीय फोरमलाई सरकारमा ल्याउने बारे छलफल भएको छ दुई पार्टीबीच छलफल हुनु अघि प्रचण्डले संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोन वार्ता गरेका थिए त्यस्तै स्रोतका अनुसार ओली नेतृत्वको सरकारमा सहभागी हुन यादव सकारात्मक रहेको छ । तर, यादवले संविधान संशोधनको मुद्दालाई कुनै न कुनै रुपमा सम्बोधन होस् भन्दै आएका छन् हालै प्रचण्डसँग भएको फोन वार्तामा फोरमले संविधान संंशोधनबारे गृहकार्य गर्न कार्यदल बनाउने प्रस्ताव राखेको थियो प्रधानमन्त्री निकट स्रोतका अनुसार फोरमलाई एक मन्त्री र एक राज्यमन्त्रीको प्रस्ताव गरिएको छ ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरमका अध्यक्ष यादव आए उनलाई परराष्ट्रमन्त्री बनाउन प्रधानमन्त्री र प्रचण्ड सहमत भएका छन् । यादव ०६५ सालमा प्रचण्ड नेतत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए त्यस्तै, संघयी फोरम सरकारमा सहभागी नभएमा एमाले सचिव प्रदीय ज्ञवाली परराष्ट्रमन्त्री बन्ने सम्भावना प्रवल छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया