काठमाडौं । हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ रहेको छ । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ । हाल सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै सबैभन्दा कम बाग्मती प्रदेशमा रहेका छन् । जहाँ १ हजार ५ सय २४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
प्रदेश नं १ मा २ हजार ४ सय १३ जना
प्रदेश नं २ मा २ हजार ५ सय ८ जना
बाग्मती प्रदेशमा १ हजार ५ सय २४ जना
गण्डकी प्रदेशमा ३ हजार २ सय ७८ जना
प्रदेश नं ५ मा ३ हजार ५ सय ६१ जना
कर्णाली प्रदेश नं १ हजार ५ सय ५६ जना
सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ८८ जना
नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ १ सय ७३ जना घर फर्किएका छन् । भने आज सम्म ११ हजार ८ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । जुन कुल संक्रमितको ६६ दशमलव ५१ प्रतिशत हो ।
हाल नेपालमा ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा नेपालमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया