अविरल वर्षा: पानीको बहाव बढेर बाग्मती नदी बस्तीमा पस्यो

काठमाडौं । अविरल वर्षापछि राजधानीको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बाग्मती नदीमा पानीको बहाव बढेर बस्तीमा पसेको छ ।

त्यहाँका चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत्त किर्तिपुरले जनाएको छ ।

त्यस्तै, भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटमा अविरल बर्षाका कारण पुल हाउस भत्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?