‘इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयमा छैन’ !

काठमाडौं । राष्ट्रिय अभिलेखालयका पूर्व प्रमुख भीमप्रसाद नेपालले इतिहासमा प्रभाव पार्न सक्ने रेकर्ड राष्ट्रिय अभिलेखालयमा नभएको बताएका छन् ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा भएको छलफलमा उनले एउटा प्रमाणको रुपमा ग्रहण गर्न सक्ने कुनै रेकर्ड अभिलेखालयमा नभएको बताए । ‘रेकर्ड म्यानेजमेन्ट मैत्री प्रशासन’ नभएका कारण यस्तो समस्या देखिएको उनले बताए । उनले भने, ‘‘ठूलो मात्रामा सरकारी कार्यालयबाट रेकर्ड अएको भनेको मेरो कार्यकालम हो । परराष्ट्र मन्त्रालयको सम्पूर्ण डकुमेन्टहरु राख्ने काम पनि भयो । त्यो पनि उनीहरु बसेको भवन राष्ट्रपछि कार्यालयका लागि खाली गर्नुपरेकाले दिएको हुनुपर्छ । एउटा प्रमाणको रुपमा ग्रहणगर्न सक्ने, एउटा रेकर्ड म्यानेजमेन्टको रुपमा प्रयोग गर्न सक्ने, इतिहासमा प्रभाव पार्न सक्ने खालको गरी रेकर्ड नै भएको छैन् ।’’

राष्ट्रिय अभिलेखालय वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा स्थापित भएकाले विगतमा परराष्ट्रसँग सम्बन्धित सन्धि सम्झौताका कागजपत्रहरु त्यही राख्ने गरिएको र सरकारलाई आवश्यक परेको बेला प्रयोग हुने गरेको उनले बताए । उनले भने, ‘‘राष्ट्रिय अभिलेखालय वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा विकास भएको हो । परराष्ट्रसँग रिलेटेड, सन्धि सम्झौतासँग रिलेटेड डकुमेन्टहरु परराष्ट्र मन्त्रालयको च्यानलबाट अर्कै तरिकाले गइरहेका हुन्थे ।

अभिलेखालयमा वीर पुस्तकालयको संकलनमा रहेका पुराना हस्तकला, हस्तलिखित दन्त्यहरु र शिलालेखका प्रतिलिपिहरुलाई व्यवस्थित गर्ने प्रयोजनका लागि स्थापना भएको हो । २०२४ सालमा भारत सरकारले भवन बनाएको थियो । २०४६ मा अभिलेख संरक्षण ऐन २०४६ आएपछि पनि ३० वर्ष पुरातत्व विभाग अन्तरगत हुँदा कुनै विकास हुन सकेन् ।’’

अभिलेखालय रेकर्ड सिजर्ना गर्ने नभएर आएका रेकर्डहरु व्यवस्थापन गरेर राख्ने कार्यालय भएको उनको भनाई छ । अझै पनि रेकर्ड राख्नैपर्ने बाध्यकारी नियम नभएका कारण कतिपय कार्यालयहरुले रेडर्क व्यवस्थापनका लागि काम नै नगर्ने गरेको गुनासो उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?