काठमाडौं । गत वैशाखदेखी चुलिएको पार्टीको विवाद समाधानका लागी बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवम् सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतलनिवास गएका छन् ।
करिब साढे ४ घण्टासम्म बसेको सचिवालय बैठकलगत्तै दुई अध्यक्ष शीतलनिवासतर्फ जानुलाई महत्वपूर्ण मानिएको छ ।
जुटेन सहमती
हिजो (शुक्रवार) बोलाइएको स्थायी कमिटि बैठक चार घण्टा पर सारेर पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सचिवालय बैठक आजको लागि डाक्ने गरि स्थायी कमिटि पनि रोकिएको थियो । सचिवालय बैठक अघि अध्यक्षद्वयबीच भेटवार्ता भएको थियो ।
गत बैशाखदेखि उत्कर्षमा पुगेको नेकपाको विवाद समाधानको लागि दुई अध्यक्षबीच पटक पटक भेटवार्ता भएको छ । त्यतिमात्र होइन दुई अध्यक्षले साक्षी राखेर समेत वार्ता गर्दापनि सहमती नजुटेपछि अन्तत स्थायी कमिटि रोकेरै नेकपाले सचिवालय बैठक डाकेको थियो ।
गत असार १० गतेबाट जारी नेकपा स्थायी कमिटि बैठक पटक पटक अन्तिम समयमा आएर स्थगित हुने गरेकोमा स्थायी कमिटि सदस्यसमेत पार्टी अध्यक्षसँग रुष्ट बनेका छन् । पार्टी नै फुटको संघारमा पुगेपछि जनतालाई मुख देखाउन नसकिने नैतिक संकट पर्ने तर्फ सचेत गराउँदै स्थायी कमिटि सदस्यहरुले दुई अध्यक्षहरुलाई समय दिएका थिए । तर हरेक भेटमा प्रचण्ड राजिनामा माग्ने ओलीले पुरानै अडान दोहोर्याउने शिलशिला जारी रहेपछि अन्तत नेकपाको विवाद केन्द्रीय कमिटि बैठक राखेर टुंग्याउने सम्मको सहमती भएको थियो ।
तर हिजो अचानक स्थायी कमिटि बैठक अघि बसेको अध्यक्षद्वयको वार्ता लम्बियो र निष्कर्ष सचिवालय बैठकमा नै फर्किने सहमती भयो । आजको बैठकपछि साउन ४ गते अर्थात् आइतवार(भोली) बस्ने स्थायी कमिटि बैठकलाई सुचारु गर्न सहज हुने विश्वास नेकपाका नेताहरुले लिएका छन् । सचिवालय बैठकपछि नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले थप होमवर्क गर्ने गरी छलफल भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया