सकियो सचिवालय बैठक, के भयो निर्णय ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

आज (शनिवार) दिउँसो ३ बजे बसेको बैठक करिब ४ घण्टा लामो छलफल पछि सकिएपनि कुनै निष्कर्ष निस्किन सकेको छैन ।

तर पार्टीको आन्तरिक विवाद समाधानको लागि थप होमवर्क गर्ने गरि वार्ता टुंगिएको नेकपा प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले लोकपथलाई बताए । उनले भने, “यसअघि बोलाइएको स्थायी कमिटि बैठक साउन ४ गते आइतवार(भोली) बस्ने यथावत् छ ।” बैठकमा सचिवालयका सबै सदस्यले पार्टीको विवाद ,पटक पटक सरिरहेको स्थायी कमिटि बैठक पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बोलेका थिए । प्राप्त जानकारी अनुसार थप छलफलका लागि दुई अध्यक्ष फेरी वार्तामा जुटेका छन् ।

 

पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि स्थायी कमिटि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रवार आजको लागि सचिवालय बैठक डाकिएको थियो ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

नेकपा सचिवालय बैठक शुरु, सच्चिएलान् नेताहरु ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?