सुनसरी । शुक्रवार सुनसरीमा ६ राउण्ड गोली र अटोमेटिक पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३२ वर्षीय राजेश यादव र २३ वर्षीय पिन्टु यादव रहेका छन् ।
उनीहरु दुवै जना देवानगन्ज गाउँपालिकाका रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको साथबाट अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउन्ड, म्याग्जिन २ थान तथा बीआर ३८ भी ३५२८ नम्बर र अनटेस्ट लेखिएको मोटरसाइकलसमेत बरामद गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया