कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल मृतक संख्या ४० पुगेको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय रहेका छन् । उनी धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईरहेका थिए ।

गत असार ३१ गते सप्तरीको राजविराजबाट धरानस्थित प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका ७३ वर्षिय वृद्धको बिहीवार राति अन्दाजी १० बजेको समयमा मृत्यु भएको बताइएको छ ।

कोरोना संक्रमित व्यक्तिको बिहीवार बेलुका अन्दाजी ६ बजे कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र उनको राति नै मृत्यु भएको श्रोतले बताएको हो ।

श्रोतका अनुसार मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोगबाट समेत ग्रस्त रहेको बताइएको छ ।

मृतकको परिवारले उपचारका लागि अस्पताल ल्याएको हुनाले कन्ट्रयाक्ट ट्र्यासिङको कार्य भईरहेको बुझिएको छ । उनको शव अस्पतालमास्थित मर्चुरीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?