काठमाडौं । महिलाहरुबाट पनि पुरुषहरु अन्यायमा परेको भन्दै महिला सांसदहरुले आवाज उठाएका छन् । परिवार पाल्नका लागि विदेश पुरुषहरु विदेश जाने तर नेपाल फर्किदा श्रीमतीहरुले कमाएको धन सम्पती अरुलाई नै खुवाउँने गरेकाले पुरुषहरुमाथि अन्याय भएको दावी गरेका छन् ।
कतिपय महिला सांसदले भने महिलाहरुलाई फकाएर पुरुषहरुले नै पुरुषमाथि अन्याय गरेको तर्क पेश गरे । सोमवार बसेको महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए ।
छलफलका क्रममा नेकपाकी सांसद गंगा चौधरी, कांग्रेस सांसद हिरा गुरुङ र समितिकी सचिव शान्ता अधिकारीले उक्त विषयमा आफ्नो तर्क प्रस्तुत गरेका थिए ।
यसैक्रममा सांसद चौधरीले पछिल्लो समय पुरुषहरु महिलाबाट पीडित हुने गरेको तर न्याय नपाएको दावी गरिन् ।
उनले भनन्, ‘पुरुषहरुकहाँ जाने न्याय खोज्न ? महिलाले कति अन्याय गरेको छ पुरुषमाथि । श्रीमान विदेशमा काम गर्न जाने, यता श्रीमति अर्कै केटोसँग घुम्ने, भएभरको सम्पत्ति कुम्ल्याएको छ । पुरुषहरु विदेशबाट आएर राम्रो लाउँला, राम्रो खाउँला, परिवारलाई दिउँला भनेर विदेशिएका हुन्छन् । श्रीमति पूरा पैसा, सम्पत्ति लिएर अरुसँग गएको हुन्छ । अनि तिनिहरु कहाँ न्याय पाउने ? हामी सबै महिला ठीक भनेर हुँदैन, महिला भन्दा पुरुष धेरै पीडित छन् । भन्न मात्रै नसकेको हो ।’
https://www.facebook.com/lokpath/videos/2938352946293809/
त्यस्तै कांग्रेस सांसद गुरुङले पनि उनको कुरामा एक्यवद्धता जनाउँदै वैदेशिक रोजगारीमा गएका पुरुषहरु फर्किँदा कमाएर पठाएको सम्पती र कतिपय ठाउँमा श्रीमती नै नहुने तर्क प्रस्तुत गरिन् । उनले भनिन्, ‘आफ्नो श्रीमतीलाई विश्वास गरेर सबै सम्पत्ति सुम्पिएर विदेश गएको हुन्छ पुरुष । तर आउँदा सम्पत्ति हुँदैन, घर पनि हुँदैन । श्रीमती पनि हुँदैन ।’
त्यस्तै समिति सचिव शान्ता अधिकारीले भने फरक मत राखेकी थिइन् । उनले विदेशमा रहेका श्रीमानहरुले कमाएको पैसा नेपालमा रहेका श्रीमतीहरुले सकाउने भएपनि त्यसमा पनि कतै न कतै पुरुषको हात रहने गरेको बताइन् । उनले भनिन्, ‘‘विदेश गएका पुरुषका श्रीमती अर्कैसँग गएको सन्दर्भमा त्यहाँ अर्को पुरुषले शोषण गरिरहेको कुनै न कुनै रुपमा ।’’
साथै पुरुष हिंसा हुने गरेको भएपनि घटनाहरु बाहिर आउन नसकेको बताइन् । आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको उनको भनाई रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया