काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टीमा विवाद बढीरहेको छ । राजीनामा माग्ने र दिन्न भन्ने विषयले पार्टी नै फूटको संघारमा पुगेको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल बीचको छलफल आज पनि बिना निष्कर्ष टुंगिएको छ।
यद्यपी भोली तय भएको स्थायी कमिटी वार्ता भने नरोकिने सहमति भएको छ ।
दुई अध्यक्षबीच पटक – पटक भएका छलफल विना निष्कर्ष टुंगिएपछि पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न बिहीबार नेता नेपालको ‘ईन्ट्रि’ भएको थियो । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए ।
बुधबार अध्यक्षद्वयबीचको छलफलमा खासै कुरा नमिलेपछि आज बसेको बैठकमा नेता नेपालको ईन्ट्रिले केहि समाधानउन्मुख वातावरण बन्छ की भन्ने धेरैले आशा राखेका थिए । तर पार्टीका वरिष्ठ नेता नेपाललाई पनि राखेर पुनः छलफल गर्नुपर्ने प्रचण्डको प्रस्ताव स्विकारेका ओलीले आजको बैठक पनि टुंगोमा पुर्याउन सकेनन् ।
पार्टीको स्थायी कमिटी बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सात पटक वार्ता गरेका छन् तर समाधान निस्कन सकेको छैन ।
आजको छलफलमा प्रचण्ड र नेता नेपालले प्रधानमन्त्रीको राजीनामालाई शर्तको रुपमा अगाडि सारेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्रीले पूरानै अड्डी कसेका छन् ।अर्थात् ‘दुवै पद नछाड्ने ।’
बालुवाटार बैठक अघि प्रचण्ड निवासमा ६ सचिवालय सदस्यको भेला भएको थियो ।
खुमलटारस्थित प्रचण्ड निवासमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल सहभागी भएका थिए । त्यसपछि बैठकको कुराकानीबारे नेता वामदेव गौतमलाई ब्रिफिङ भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया