काठमाडौं – साझा यातायातले आजबाट सेवा सञ्चालन गर्ने भएको छ । सावधानीको उपाय अपनाएर साझाका २६ वटा बसले विभिन्न ८ वटा रुटमा सेवा दिनेछ । साझाले सरकारले तोकेअनुसार साविकको भन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा दिने भएको हो ।
काठमाडौं उपत्यकासहित सम्बन्धित जिल्लाभित्र आवश्यक मापदण्ड पुरा गरी सवारी चल्न पाउने गरी सार्वजनिक सवारी खुल्ला गरिएको छ ।
लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुट मा साझाले सेवा दिनेछ ।
यी हुन् साझा यातायातका बस सञ्चालन हुने रूट :
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक
यात्रुलाई अनिवार्य मास्क लगाउन, खुद्रा रकमको व्यवस्था गरेर चढ्न, सहचालकसँग मागेर सेनिटाईजर लगाउन, खोक्दा हाच्छ्यु गर्दा कुहिनाले मुख छोप्न, बसभित्र यात्रुलाई भीड नगर्न र भौतिक दूरी कायम गरेर बस्न अनुरोध गरिएको छ ।
गत वर्ष चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो। असार २६ गतेदेखि सार्वजनिक यात्रुबाहक बस र ट्याक्सी चलाउन दिने निर्णयअनुसार गत आइतबारदेखि मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया