बामदेव गौतमको खुलाशा : दुई वर्ष अघि बालुवाटारमा ओलीले भनेका थिए यस्तो !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति यतिबेला ‘भाईरल’ भएको छ । प्रधानमन्त्री एवम् सत्तारुढ पार्टी अध्यक्ष केपी शर्मा ओलीको विवादास्पद अभिव्यक्ति कारण एक किसीमको हंगामा भईरहेको बेला नयाँ खुलाशा भएको छ ।

ओलीले हिन्दू धर्मग्रन्थ रामायणमा वर्णन गरिएको अयोध्या नेपालमा रहेको र राम पनि नेपालमा जन्मिएको भनी गरेको दाबीले तरङ्ग उत्पन्न गरिदिएको छ।

एउटै विषयलाई लिएर उनले विभिन्न समयमा दिएको फरक अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा आरोप प्रत्यारोप र विभिन्न सामाजिक सद्भाव नै उत्तेजनात्मक तुल्याउने किसीमका सामाग्री पनि आईरहेका छन् ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिलाई लिएर भारतीय मिडियाहरु निरन्तर ‘ब्रेकिङ न्यूज’ बजाईरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता वामदेव गौतमले सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट गर्दै राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि दुई वर्ष अघि नै यस सन्दर्भमा प्रधानमन्त्रीले बालुवाटार गएका बखत कुराकानी गरेको र आफूले सुझाव दिएको उल्लेख गर्दै लेखेका छन् – ”प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु।”

यो सामाग्री उनैको समाजिक सञ्जालबाट लिईएको हो । हेर्नुहोस् फोटोमा : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?