कोरोनाबारे ‘डब्ल्यूएचओ’ले दियो यस्तो चेतावनी !

काठमाडौं । डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले कोरोनाभाइरससँग लड्ने विषयमा थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको बताएका छन् ।

सरकारहरूले थप निर्णायक कदमहरू चाल्न विफल भएमा कोरोनाभाइरस महामारी खराबमाथि खराबु हुँदै जाने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले चेतावनी दिएको छ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम घेब्रेयससले थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको बताएका हुन्।

प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनले बताए।

घेब्रेयससले के भने ?

सोमवार जिनिभामा बोल्दै डा. गेहब्रेयससले नेताहरूको मिश्रित सन्देशले उनीहरूले महामारीलाई नियन्त्रणमा ल्याउन सक्छन् भन्ने जनविश्वासलाई कमजोर पारेको बताए।

‘यो भाइरस आम मानिसको एक नम्बरको शत्रु बनेको छ तर सरकार र मानिसहरूका गतिविधिले त्यस्तो देखाउँदैन’ उनले भने।

उनले सामाजिक दूरी, हात धुने, आवश्यक ठाउँमा मास्क लगाउनेजस्ता गतिविधिलाई गम्भीर रूपमा लिनुपर्ने बताए।

विश्वभरि एकै दिन सर्वाधिक सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमित फेला परे
अमेरिकी राज्य फ्लोरिडामा एकै दिन १५ हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित निकट भविष्यमा पुरानो सामान्य अवस्था फर्कने देखिँदैन।

उनले चेतावनी दिँदै भने, ‘यदि आधारभूत कुरालाई पछ्याइएन भने यो महामारी जाने एउटै बाटो छ। त्यो भनेको खराब, खराब र खराब हुनु हो।’

अमेरिकी देशहरूमा केन्द्रविन्दु

उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन्।

डब्ल्यूएचओको आपत्कालीन सेवा सम्बन्धी निर्देशक डा. माइक रायनका अनुसार अमेरिकी देशहरूमा खुकुलो पारिएको लकडाउनका उपायले केही ठाउँमा व्यापक सङ्क्रमणु फैलाएको थियो।

उत्तर र दक्षिण अमेरिकी देशहरू यतिखेर महामारीको केन्द्रविन्दु बनेका छन् ।

श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?