काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार कोरोनाको कारण विदेशमा अलपत्र परेका नागरिकहरु नेपाल ल्याउनको लागि सर्वोच्च अदालतले दिएको आदेश अनुसार निर्देशिका पारित हुनसक्ने बुझिएको छ ।
नेपालमा धेरै संवैधानिक निकायहरुमा पद रिक्त रहेका छन् । छलफलका क्रममा रिक्त रहेका पदपुर्तिका बारेमा समेत छलफल हुने स्रोतले लोकपथलाई बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया