काठमाडौं । नेपालका विरुद्ध अफवाह फैलाउने ४ वटा भारतीय च्यानल नखुल्ने भएका छन् ।
भारतीय न्यूज च्यानलहरु जी–न्यूज, आजतक, इन्डिया टिभि र एबीपी न्यूजमाथिको प्रतिबन्धलाई कायमै रहने भएको हो ।
मल्टि सिस्टम अपरेटरहरुको आइतबार बसेको बैठकले यी ४ न्यूज च्यानलबाहेक अरुलाई भने आजदेखि खुला गर्ने निर्णय भएको मेगा म्यास टेलिभिजनका अध्यक्ष दिनेश सुवेदीले लोकपथलाई जानकारी दिए ।
पछिल्लो समय भारतीय मिडियाहरुले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको भेटघाटलाई अतिरञ्जित बनाइ सामाग्रीहरु प्रशारण गरिरहेका छन् ।
नेपालले अतिक्रमित भूमीसहितको नक्सा जारी गरेसँगै भारतीय मिडियाहरुले नेपालले चीनको इशारामा भारतविरुद्ध कदम उठाएको लगाएत आरोप लगाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया