काठमाडौं । मिर्गौला कारोबार धन्दामा संलग्न रहेको आरोपमा थप ९ जना जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंबाट ५ र चितवनबाट ४ जना रहेको मानव बेचबिखन व्युरो चितवनले जनाएको छ ।
यसअघि कलेज अफ मेडिकल साइन्सेस भरतपुरका तीन डाक्टरसँगै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकृत तहको कर्मचारीलाई पक्राउ गरिएको थियो ।
पक्राउ पर्ने डा. राकेश बर्मा, डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती र जिप्रकाका जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल रहेका छन् ।
उनीहरुले नेपाली नागरिकलाई भारतिय बनाएर मृगौला प्रत्यारोपण गरेको आरोप रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया