काठमाडौं – पछिल्लो केहि दिनदेखि सक्रिय मनसुनका कारण देशभर जनधनको ठूलो क्षति भएको छ । यसैबीच गत बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण रातिदेखि आएको बाढीपहिरोले कटान तथा बगाएर अवरुद्ध भएको अरनिको राजमार्ग सन्चालनको पहल सुरु भएको छ ।
बाढी र पहिरोका कारण ११ ठाउँमा ठूलो क्षति भएको छ । अहिले बाटो बनाउने काम जारी छ । अत्यावश्यक सवारी पास हुनेगरी पहिलो चरणमा तत्कालीन उपाय अपनाएर सडक सम्पर्क स्थापित गर्ने पहल सुरु भएको छ ।
सडक सन्चालनको तयारीबारे सभामुख अग्नि प्रसाद सापकोटाले सरोकारवाला निकायका पदाधिकारीहरुसँग छलफल गरेका छन् । बिहीबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेको जम्बु क्षेत्रको अवलोकन गरेर काठमाडौं फर्किएका सभामुख सापकोटाले भेटघाट तिव्र बनाएका छन् ।
कहाँ – कहाँ अवरुद्ध छ बाटो ?
अरनिको राजमार्गअन्तर्गत बाह्रविसे नगरपालिका र बलेफी गाउँपालिकाको सिमानामा पर्ने जुरेदेखि तातोपानीसम्मको बाटो अबरुद्ध छ ।
खागदल, झ्याले र डाकलाङमा गरी कम्तिमा तीनवटा बेलिब्रिज बनाउनुपर्ने प्रारम्भिक प्रतिवेदन आएको जानकारी प्राप्त भएको छ । यसैबीच विपद् व्यवस्थापन परिषद्को बैठक जारी विपद व्यवस्थापन परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया