प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीसहित राष्ट्र नै एक भएर साथ दिनुपर्ने बताएका छन् ।
‘नेपाल भारत बीचको सीमाविवाद समाधान गर्ने उद्देश्यका साथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको छ । सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ’, उनले भनेका छन्, ‘यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प हो । छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एकभएर साथ दिनेवेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन ।’
उनले पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै नेताहरुको सकारात्मक साथ सहयोग रहने विश्वासका आफू कार्यक्षेत्रमा (वुटवल) फर्किएको बताएका छन् ।
पार्टी एकताले नै आजको शक्ति आर्जन भएको भन्दै उनले पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया