जब सुरक्षा निकायका दुई प्रमुखबीच भेट भयो…

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटघाट भएको छ ।

प्रधानसेनापति थापा नवनियुक्त आइजीपी क्षेत्रीलाई बधाई दिन शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेका थिए ।

नवनियुक्त आईजीपी क्षेत्रीले बिहीबारदेखि आफ्नो कार्यभार सम्हालेका हुन् ।

दुई संगठनका प्रमुखहरुबीचको शिष्टाचार भेटघाटका क्रममा आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल गरेको नेपाल प्रहरीले जनाएको छ ।

भेटघाटका क्रममा आईजीपी क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए। प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?