काठमाडौं । नेपालमा थप १२० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ हजार ११ रहेको छ ।
आज थप १२० जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा ११८ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १६ हजार ६४९ पुग्यो
नेपालमा आज (शुक्रवार) थप ११८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६४९ पुगेको छ ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (बिहीवार) १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया