सिन्धुपाल्चोक पहिरो निरीक्षणको लागि उडेको मन्त्रीहरु सवार हेलिकप्टर आकस्मिक अवतरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक बाढि पहिरोको निरीक्षण गर्न वाग्मती प्रदेशका तीन मन्त्रीहरु लिएर उडेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

जिल्लाको बाह्रबिसे नगरपालिकास्थित वडा ५ मा रहेको जम्बु बजारमा बाढीको क्षति निरीक्षण गर्न मन्त्रीहरु अरुण नेपाल, युवराज दुलाल र शलिकराम जमकट्टेलसहितको टोली त्यसतर्फ गएका थिए ।

प्रतिकुल मौसमका कारण हेलिकप्टर नेपालथोकमा अवरतर गरिएको स्रोतले जनाएको छ ।

यसअघि निरीक्षणका लागि त्यसतर्फ जान लागेको सभामुख अग्नि सापकोटा सवार हेलिकप्टर काभ्रेको धुलिखेलमा अवतरण गरिएको थियो ।

त्यस्तै नेकपा केन्द्रीय सदस्य क।माधव सापकोटा सुबोधसहित गएको हेलिकोप्टर नेपालथोकमा इमर्जेन्सी ल्याप्ड गरेर बसेको छ ।

उक्त पहिरोमा परि हालसम्म २ जनाको शव भेटिएको छ । भने १८ जनाको शव हराइरहेको त्यँहाको स्थानीय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?