सिन्धुपाल्चोक बाढी पहिरोः वाग्मती प्रदेशका मन्त्री जमरकट्टेल निरीक्षणका लागि जाँदै

सिन्धुपाल्चोक । गएराति सिन्धुपाल्चोकमा अविरल वर्षाका कारण गएको पहिरो निरीक्षण गर्न वाग्मती प्रदेशका आन्तरिक मामिलामन्‍त्री शालिकराम जमरकट्टेल त्यसतर्फ जान लागेका छन् ।

जिल्लाको बाह्रबिसे नगरपालिकाको जम्बुमा गएको पहिरोको कारण २ जनाको मृत्यु भएको र १८ जना वेपत्ता रहेका छन् ।

पहिरोमा पुरिएका मध्ये निकेश बस्‍नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको त्यहाँको स्थानीय प्रशासनले जनाएको छ ।

पहिरोको जानकारी लिन मन्‍त्री जमरकट्टेलसहित तीनजना मन्‍त्री हेलिकप्टरमार्फत त्यसतर्फ जान लागेका हुन् ।

स्थानीय प्रशासनका अनुसार त्यहा वेपत्तामध्ये धेरैजसो घरभित्र नै पुरिएको हुनसक्ने आशंका गरिएको छ भने केहीलाई पहिरोले बगाएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा निरिक्षणका लागि हेलिकप्टरमार्फत त्यसतर्फ गएका थिए । तर प्रतिकुल मौसमका कारण काभ्रेबाट फर्किएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?