काठमाडौं – रातभर परेको अविरल वर्षापछिको पहिरोका कारण सभामुख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ।
उडानको केही समयपश्चात् नै प्रतिकूल मौसमका कारण धुलिखेलबाट हेलिकप्टर फर्काउनुपरेको हो । उनको सचिवालयले अनुकूल मौसम पर्खिरहेको जनाएको छ ।
गए राती सिन्धुपाल्चोक बाह्रबीसे क्षेत्रमा गएको पहिरोले सडकमार्गसमेत अवरूद्ध भएपछि सभामुख सापकोटा सहितको टोली नेपाली सेनाको हेलिकप्टरमा बाह्रबीसेतर्फ उडेका थिए ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी २ जनाको शव फेला परेको छ । २ जना घाइते छन् भने कम्तिमा १८ जना बेपत्ता भएका छन् । अहिलेपनि काठमाडौंसहित देशभर वर्षा भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया