काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता निष्कर्षविहीन बनेको छ ।
पछिल्लो समय पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्व न्यूनीकरणका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता सकारात्मक भएपनि कुनै निष्कर्ष ननिस्किएको स्रोतले बताएको छ ।
कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारको पहल उचित नभएको भन्दै पछिल्लो समय पार्टीभित्रैबाट प्रम ओलीको आलोचना भइरहेको छ ।
यहीबीचमा असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको दिन प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष प्रचण्डलगायतका नेताहरुले प्रम र अध्यक्ष दुवै पदबाट राजीनामा समेत मागेका थिए ।
ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारतले चलखेल गर्नुका साथै देशभित्रका नेताहरुको पनि भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको हो ।
विवाद चर्किएपछि स्थायी कमिटी बैठक नै स्थगित गरेर विवाद मिलाउने प्रयास हुँदै आएपनि हालसम्म सहमति जुट्न नसकेको हो । सहमति नजुट्दा बुधबार तय भएको स्थायी समिति बैठक शुक्रबारका लागि सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया