काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता शुरु भएको छ ।
पछिल्लो समय पार्टीमा बढ्दै गएको विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीच ‘वान टु वान’ वार्ता शुरु भएको हो ।
अपरान्ह ४ बजेका लागि तय गरिएपनि १ घण्टा ढिला गरि शुरु भएको बैठकमा पार्टीको आन्तरिक समस्या समाधानको विषयमा कुरा हुने स्रोतले बताएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधानको लागि अध्यक्षद्वय ओली र अर्का अध्यक्ष प्रचण्डबीच निरन्तर वार्ता भइरहेको छ ।
मंगलवार पनि करिब २ घण्टा छलफल गरेका ओली प्रचण्डले बुधवार अपरान्ह ४ बजेका लागि बैठक तय गरेको स्रोत जनाएको छ ।
दुई अध्यक्षको भेटघाटको लागि सारिँदै आएको पार्टी स्थायी कमिटि बैठक बुधवार पनि स्थगित भएको छ । आज ११ बजेको लागि बैठक तय गरिएपनि बिहान बैठक स्थगित गरिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । स्थायी कमिटीको बैठक २६ गतेका लागि बोलाइएको छ।
दुबै नेताहरुले आफ्नो मागमा हठ नछाडेका कारण केहीदिन यता बसिरहेको बैठकले यथेष्ठ निष्कर्श निकाल्न सकेको छैन् ।
पार्टी अध्यक्ष प्रचण्ड ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने अडानमा रहेका छन् । भने उनलाई माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले साथ दिइरहेका छन् ।
लामो समय पछि गत असार १० गतेबाट बसिरहेको स्थायी कमिटि बैठकमा अध्यक्ष प्रचण्डले ओलीले दुबै पद छाड्नुपर्ने माग राखेका थिए ।
चरम विवादकाबीच पार्टी नै फुट्ने अवस्थामा पुगेपनि पछिल्ला वार्ताहरु सकारात्मक भएकाले सहमतीको दिशामा गइरहेको नेकपाको नेताहरुको बुझाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया