काठमाडौं । नेपाल लगाएत सारा विश्व नै अहिले कोरोनाको त्रासमा छ । कोरोना रोकथामका लागि नेपाल सरकारले गत चैत ११ गते देखी लकडाउनको घोषणा गरेको छ । सरकारले नागरिकलाई मास्क लगाउन अनिवार्य गरेको छ ।
तर स्वयं नीति निर्माताहरुले नै मास्कको सहि ढंगले प्रयोग गरेका छैनन् । विश्व स्वास्थ्य संगठनले भिडमा जाँदा मास्क लगाउन अनिवार्य भनेको छ तरपनि हाम्रा नीति निर्माताहरु जानेर वा नजानेर, बुझेर वा नबुझेर मास्कको प्रयोगमा हेलचेक्रयाई गरिरहेका छन् ।
संसद प्रवेश गर्दा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले मास्क प्रयोग गरेका छैनन् । गाडीबाट ओलिएपछि मन्त्री ढकाल संसद सचिवालयमा रहेकाहरुलाई नमस्कार गर्दै भित्र छिरेको दृष्य देख्न सकिन्छ । के कोरोनाको जोखिम साँच्चै घटेकै हो ?
यो भिडियो हेर्नुहोस् :
https://www.facebook.com/lokpath/videos/1249321248734139/?t=1
त्यस्तै, स्वास्थ्य मन्त्रीमात्र नभई अनिवार्य मास्क लगाउन सर्वसाधारणलाई निर्देशन दिएको भोलिपल्ट मंगलबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह मन्त्री रामबहादुर थापा स्वयंले सही ढंगले मास्क लगाएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया