काठमाडौं – नेपालमा हिजो (मंगलवार) थप २०४ जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला :
महोत्तरी
रौतहट
पाल्पा
कैलाली
अछाम
बाजुरा
नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो अपडेट दिँदै भने – ‘केहि दिनयता संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।’
काठमाडौं उपत्यकाका यी २३ स्थानमा भेटिए कोरोना सङ्क्रमित :
उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् ।
काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए ।
यस्तै ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ
भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको उनले जानकारी दिए। काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।
अस्पताल र प्रयोगशालाहरुलाई निर्देशन
सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवति महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । उनीहरुको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भवती र सुत्केरी महिलाको कोरोना परिक्षणको लागि दिईएको स्वाब राखिएको भाँडोमा रातो रङको फित्ता, डोरी, रिबन वा धागोले बाँधेर प्रयोगशालामा पठाउन र प्रयोगशालाले पहिलो प्राथमिकतामा राखेर परिक्षण गरी रिपोर्ट दिन निर्देशन दिएको छ ।
कोरोना भाईरस ‘कोभिड – १९’ छ कि छैन भनेर जाँच गरिने विभिन्न अस्पताल र प्रयोगशालाले गर्भवस्था र सुत्केरी अवस्थाका महिलाको स्वाब परिक्षण प्राथमिकतामा राखुन् र उनीहरुको रिपोर्ट आउन बिलम्ब नहोस् भनेर परीक्षण केन्द्रहरुलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया