मास्कले मात्रै छेक्दैन कोरोना ! डब्लुएचओले भन्यो – ‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’

काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले हावाबाट कोरोना भाइरस ‘कोभिड – १९’ फैलने आशंकामाथि छलफल गरिरहेको बताएको छ ।

हावाबाट पनि कोरोना भाईरस ‘कोभिड – १९’ फैलने प्रमाण भेटिएको जानकारी दिँदै डब्ल्यूएचओले किटान गरेर भन्न नसकिने तर यसो हुन सक्ने आशंका रहेको छ ।

यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न नसकिने कारण वैज्ञानिकहरुले दिएको सुझाव अनुसरण गर्दै अध्ययन गर्ने बताएकी हुन् । उनले भनेकी छिन् ‘यद्यपि, यी प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ ।’ उनी थप्छिन् – ‘हामी यो काम जारी राख्नेछौं ।’  यसअघि विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ ‘कोरोना भाइरस’ मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छिट्टाको माध्यमले फैलने गर्ने बताउँदै आएको थियो ।

डब्ल्यूएचओले मानिसहरुले कम्तीमा ३/ ३ फुटको दुरी हुँदा कोरोनाभाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो तर अब यदि हावामार्फत् भाइरस फैलने कुरा प्रमाणित भएको खण्डमा ३३ फुटको दुरी र सामाजिक दुरीको नियममा परिवर्तन गर्न आवश्यक छ । अब मास्कको प्रयोग र भौतिक दूरीमा नै जोड दिनुपर्ने हुन्छ । यसबारे अन्य नियम थप हुनेछन् विज्ञहरुले बताएका छन् ।

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित भएको खुल्ला पत्रमा ३२ देशका २३९ वैज्ञानिकले यो हावामा पनि रहन सक्ने ‘फ्लोटिङ भाइरस’ हो भनेर प्रमाण दिएका थिए । फ्लोटिङ भाइरसले सास फेर्दा पनि संक्रमण गर्न सक्छ ।

यसअघि थुक,र्‍याल, खकार, हाच्छ्यु गर्दा उछिट्टने ड्रप्स, आँशुबाट, दिसापिसाबबाट कोरोना भाईरसका जीवाणु सर्छ भनिएको थियो । त्यसकारण विश्वभर भौतिक दूरी, मास्कको प्रयोग र साबुनपानी र सेनिटाईजरको प्रयोग लाई नियम बनाईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?