सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

विवाद सुल्झाउनको लागि भन्दै दुई अध्यक्षबीच भेटघाट र वार्ता भईरहेको कारण स्थायी कमिटी बैठक स्थगित गरिएको बताईएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पार्टी स्थायी कमिटीको बैठक २६ गते ११ बजेसम्म स्थगित भएको जानकारी दिए ।

यसअघि पनि स्थायी कमिटी बैठक गत २० गते र २२ गते दुई दिनपछि सार्दै आजको मितीमा बस्ने गरी स्थगन गरिएको थियो ।

पछिल्लो समय नेकपामा विवाद चुलिएको छ । खासगरी दुई अध्यक्षबीच शक्ति समिकरणमा ‘टसल’ देखिएको छ । पार्टी आन्तरिक द्वन्दमा रुमल्लिएर फूटको संघारमा पुगेका कारण विभिन्न तरिकाबाट सहमति जुटाउने प्रयासहरु भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?