भक्तपुरमा थपिए ४ जना संक्रमित, विज्ञ भन्छन् – ‘लकडाउन कडा पारौँ !’

भक्तपुर – भक्तपुरमा आज थप ४ जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

हिजो भक्तपुरमा १० जनासहित उपत्यकामा मात्रै एकैदिन ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो केहि दिनयता उपत्यकामा संक्रमित थपिईरहेका छन् ।

बितेको २४ घण्टामा थप २०४ जनामा कोरोना भाईरस ‘कोभिड-१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६८८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ जना पुगेको छ । नेपालमा हिजो (सोमवार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैबीच जनस्वास्थ्यविद् एवम् विज्ञहरुले उपत्यकामा मानिसहरुको बसोबास हुने र भिडभाड बढी हुने भएकोले संक्रमित थपिँदा अन्य स्थानको तुलनामा जोखिम बढी हुने जानकारी दिँदै ‘परिक्षणको दायरा बढाएर लकडाउन कडाई गर्न’ सरोकारवालालाई सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?