नेकपाका दुई अध्यक्षबीच आजपनि ‘वान टु वान’ वार्ता हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको पछिल्लो विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलवार पनि भेटघाट हुने भएको छ ।

अध्यक्ष ओली र अर्का कार्यकारी अध्यक्ष ‘प्रचण्ड’बीच आज मंगलबार पनि ‘वान टु वान’ वार्ता हुन लागेको हो । पार्टी आन्तरिक किचलोमा रुमल्लिएका बेला केहीदिन यता दुवै अध्यक्षले वार्ताका माध्ययमबाट समाधान खोज्ने प्रयास गरिरहेका छन् ।

अध्यक्ष दाहालको ओलीले दुवै पद छोड्नुपर्ने माग र ओलीले कुनैपनि नछोड्ने कडा अडानकाबीच विवाद चुलिएको हो । गत असार १० गतेबाट नेकपा स्थायी कमिटि बैठका बसिरहेको छ । आफू र सरकारको आलोचना हुने भन्दै अध्यक्ष ओली कतिपय बैठकमा उपस्थित समेत भएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?