मन्त्रालयको ‘ग्राफ’मा हेर्नुहोस् – नेपालमा कहाँ कति मृतक, संक्रमित र संक्रमणमुक्त भए ?

काठमाडौं- नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

बितेको २४ घण्टामा थपिएका १ सय ८० जनामा कोरोना संक्रमित सँगै कुल कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ ।

आज थप २ सय ६४ जना संक्रमित निको भएर घर फर्किएसँगै । हालसम्म संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ हजार ८ सय ११ जना पुगेको छ ।

अहिले ३ प्रदेशमा परेका ६ जिल्लामा ५०० भन्दा बढी संक्रमित उपचार गराईरहेका छन् । ति जिल्लाहरु प्रदेश २ मा २ वटा जिल्ला महोत्तरी र रौतहट, प्रदेश ५ मा एउटा जिल्ला पाल्पा, सुदुरपश्चिम प्रदेशमा ३ जिल्ला अछाम,कैलाली र बाजुरा हुन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय २१ जनाको परीक्षण भएको छ । योसँगै सोमबारसम्म पीसीआर विधिबाट २ लाख ५५ हजार ७ सय २७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ३ लाख ११ हजार ७ सय २४ जनाको परीक्षण भएको छ ।

अहिले देशभरीका क्वारेन्टाईनहरुमा २९ हजार २ सय १५ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ९ हजार ११८ जना संक्रमित उपचाररत रहेका छन् ।

उपत्यकाका ३ जिल्लामा ५४ जना संक्रमित थपिए 

काठमाडौं उपत्यकामा थपिए ५४ कोरोना संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ३ जिल्लामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्दै गएको छ । आइतवार मात्र काठमाडौं उपत्यकामा ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।

आज थपिएका संक्रमितको यस्तो छ विवरण : 

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका १ जना, सिरहाका १ जना र सुनसरीका १ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : झापाका २ जना, सिरहाका १ जना र खोटाङका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणमा :  झापाका १ जना

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परिक्षणमा : सप्तरीका ६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको परिक्षणमा : नुवाकोटका १ जना र सर्लाहीका ६ जना

भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा :  चितवनका १ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा : नवलपरासीका १ जना र रौतहटका ३ जना

धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परिक्षणमा : काभ्रेपलाञ्चोकका ३ जना नवलपरासीका १ जना, ओखलढुङ्गाका ३ जना र सिन्धुपालचोकका १ जना

पाटन अस्पताल ललिपुर प्रयोगशालामा गरिएको परिक्षणमा : बाराका १ जना, भक्तपुरका १० जना, चितवनका ३ जना, दाङका २ जना, धादिङका १ जना, दोलखाका २ जना, गोरखाका २ जना, झापाका १ जना, कास्कीका १ जना, काठमाडौंका २३ जना, काभ्रेपलाञ्चोकका १ जना, खोटाङका २ जना, ललिपुरका २० जना, मकवानपुरका ५ जना, नवलपरासी पूर्वका १ जना, रौतहटका ३ जना सङ्खुवासभाका १ जना, सप्तरीका २ जना, सिन्धुलीका २ जना, सिन्धुपालचोकका २ जना, सिरहाका १ जना, सुनसरीका १ जना, ताप्लेजुङका १ जना र अर्घाखाँचीका १ जना

त्रिबि शिक्षण अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा :  काठमाडौंका १ जना र उदयपुरका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा : बाग्लुङका ६ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा : कास्कीका ७ जना,लमजुङका ११ जना र गोरखाका ५ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : नवलपरासीका ३ जना,पाल्पाका ४ जना र प्यूठानका ४ जना
चौरजारी नगरपालिका प्रयोगशालामा गरिएको परिक्षणमा : जाजरकोटका १ जना

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परिक्षणमा : डडेल्धुरामा ५ जना र जुम्लाका १ जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : कैलालीका ८ जना

काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण फैलिएको आशंकामा अध्ययन शुरु
काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस ‘कोभिड-१९’ को संक्रमण फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका विभिन्न १० ठाउँमा यसको अध्ययन शुरु गरेको बताएका हुन् ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले भने,- ‘काठमाडौं उपत्यकाको समुदायमा कोरोना भाइरस ‘कोभिड-१९’ फैलिएको छ वा छैन भन्ने बारेमा अध्ययन शुरु भएको छर केहिको स्वाब परीक्षण रिपोर्ट आइसकेको र केहिको बाँकी रहेको छ ।’

उपत्यकाका विभिन्न १० ठाउँबाट स्वाब लिएर परीक्षण गरिएका काठमाडौंको तीनकुने र नक्खुटोलका २२८ जना व्यक्तिहरुको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

साथै विभिन्न ठाउँका स्वाबको परीक्षण रिपोर्ट आउने क्रम जारी रहेको पनि प्रवक्ता गौतमले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?