काठमाडौं । काठमाडौंमा बितेको २४ घण्टामा थप २४ जनामा कोरोना संक्रमण देखिएको छ ।
पाटन अस्पतालको प्रयोगशालाको गरिएको परीक्षणका क्रममा २३ र त्रिभुवन विश्वविध्यालय शिक्षण अस्पतालमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । आइतवार उपत्यकाभर (काठमाडौं, भक्तपुर, ललितपुर) मात्र एकैपटक ३० जनामा कोरोना संक्रमण देखिएको थियो ।
नेपालमा बितेको २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै हालसम्म ६ हजार ८ सय ११ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । देशभरका विभिन्न अस्पतालबाट बितेको २४ घण्टामा मात्र थप २ सय ६४ जना कोरोना मुक्त घर फर्किएका हुन् । कोरोनाको कारण नेपालमा हालसम्म ३४ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया