काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी र मजदुर संगठनले पार्टी विभाजन गर्न नहुने भन्दै संयुक्त रुपमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ज्ञापन पत्र बुझाएका छन्।
अखिल नेपाल महिला संघ, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) र राष्ट्रिय युवासंघ नेपालले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाललाई ज्ञापनपत्र बुझाएका हुन्।

पार्टी विभाजन स्वीकार्य नभएको भन्दै विभाजनमा नलाग्न नेतृत्वलाई खबरदारी गर्न ज्ञापनपत्र बुझाइएको नेताहरुले बताए। ५० भन्दा बढी संख्यामा उनीहरु ११ः ३० पार्टी कार्यालयमा पुगेका थिए।
उनीहरुले बोकेको प्लेकार्डमा एमसीसी खारेज गर, व्यक्ति होइन पार्टी नीति प्रधान पार्टी निर्माण गरौं, फुटवादीहरु होसियार, तिमी पार्टी मान्दैनौं? हामी तिमीलाई नेता मान्दैनौं लगायतका नारा लेखिएको थियो।

उनीहरुले पार्टी कार्यालयअघि नाराबाजी समेत गरेका थिए। नागरिकता विधेयक पारित गर, पार्टी एकता जिन्दावाद लगायतका नारा पनि लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया