काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको प्रदेश २ कोरोनाको चपेटामा नराम्ररी फसेको छ । ७ प्रदेशको तुलना गर्ने हो भने सबैभन्दा कम संक्रमित बाग्मती प्रदेशमा छन् ।
कहाँ कति ?
प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् ।
प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जना संक्रमित भेटिएका छन् । २ हजार ३४ जना डिस्चार्ज भएका छन् ।
बाग्मती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् ।
गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् ।
प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् ।
कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ जनामा संक्रमण देखिएको छ भने १ हजार १ सय ९१ जना डिस्चार्ज भएका छन् ।
र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ भने ६ सय ८० जना डिस्चार्ज भएका छन् ।
कति भयो परिक्षण ?
देशका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ५१ जहजार ७ जनाको परीक्षण भएको छ ।
क्वारेन्टाईनमा कति छन् ?
अहिले देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ३१ हजार ५ सय ७३ जना रहेका छन् । ६ हजार ५ सय ४७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदा ९ हजार २ सय ३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । मन्त्रालयले क्वारेन्टिनमा बस्दा अनिवार्य मास्क लगाउन र क्वारेन्टिन बस्नु र जानुपूर्ण अनिवार्य स्वास्थ्य अवस्था जाँच गरी रिपोर्ट गर्न पनि भनेको छ ।
नेपालमा थप १३२ जना कोरोना संक्रमण मुक्त
नेपालमा थप १३२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार ५ सय ४७ जना रहेका छन् । बितेको २४ घण्टामा थप १३२ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिईएको हो ।
५ सय भन्दा बढी ‘एक्टिभ केस’ भएका यी ६ जिल्ला
नेपालमा आज (आईतवार) २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ । ५ सय भन्दा बढी कोरोनाको’एक्टिभ केस’ भएका ६ जिल्ला
महोत्तरी
रौतहट
पाल्पा
कैलाली
अछाम
बाजुरा
काठमाडौंमा २७ जनासहित २९३ जनामा कोरोना संक्रमण
नेपालमा आज थप २९३ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ३४ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ जना पुगेको छ ।
नेपालमा हिजो (शनिवार) २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
एकैपटक काठमाडौंका २७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौंमा आज (आईतवार) एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बितेको २४ घण्टामा काठमाडौंमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको स्वाब परीक्षणका क्रममा काठमाडौंका ५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वीर अस्पताल काठमाडौंमा भएको परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएकाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकका निगरानीमा रहेका छन् ।
उपत्यकामा आईतवार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित
उपत्यकामा आज एकैपटक ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणका क्रममा भक्तपुरका एक, काठमाडौंका २१ र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंको ढलमा कोरोना भाइरस भेटियो भन्ने विषयमा बोल्यो मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजधानीको ढलको नमुना लिएर परीक्षण गर्दा कोरोना भाइरस देखिएपनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले् संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरसका टुक्रटुक्री देखिएपनि सर्ने खालको नभएको बताए ।
सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म बाँच्ने उनले बताए । प्रवक्ता डा. गौतमले भाइरसको पहिचान भएपनि यसको माध्यमबाट सर्न सक्ने सम्भावनालाई अहिलेसम्म कुनै पनि देशले पुष्टि नगरेको बताए ।
शनिवार एक निजी प्रयोगशालाले उपत्यकाको चार ठाउँको ढलको नमूना परीक्षण गर्दा दुई ठाउँमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ। सेन्ट्रल फर मलिकुलर डायनामिक नेपालले यो अध्ययन गरेको हो।
ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाईकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया