कोरोनाको कहर : ५ सय भन्दा बढी ‘एक्टिभ केस’ भएका यी ६ जिल्ला

काठमाडौं । नेपालमा आज (आईतवार) २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ६ हजार ५४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १३२ रहेको छ ।

५ सय भन्दा बढी कोरोनाको’एक्टिभ केस’ भएका ६ जिल्ला

महोत्तरी
रौतहट
पाल्पा
कैलाली
अछाम
बाजुरा

यो पनि पढ्नुहोस् : एकैपटक काठमाडौंका २७ जनामा कोरोना संक्रमण पुष्टि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?