काठमाडौं । काठमाडौंमा आज (आईतवार) एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंमा आज एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरेको स्वाब परीक्षणका क्रममा काठमाडौंका ५ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वीर अस्पताल काठमाडौंमा भएको परीक्षणका क्रममा काठमाडौंका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित काठमाडौंमा आज एकैपटक २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता डा। गौतमका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकका निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा आज (आईतवार) एकैपटक २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३४ जनाको मृत्यु भएको छ ।
नेपालमा अहिलेसम्म ६ हजार ५४७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १३२ रहेको छ ।
नेपालमा हिजो (शनिवार) एकैपटक २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया