स्थिरता, समृद्धि र राष्ट्रिय एकता नेकपाका केही सदस्यले बाेले तर कार्यान्वयन भएन : नेता केसी

काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पछिल्लो समय भइरहेको आन्तरिक विवादका विषयमा प्रतिक्रिया दिएका छन् ।

नेकपाले स्थिरता, समृद्धि र अनन्त सपना बाँडेर चुनाव जितेपनि त्यसको ठिक विपरित काम गरिरहेको उनले बताए । झण्डै दुई तिहाइ बहुमत ल्याएको नेकपा सरकारबाट जनताले परिवर्तनको आश गरिरहेका बेला भ्रष्टाचार,चरम निरंकुशता,बिधिहिनता र अस्थिरताको बिम्ब बनेको नेता केसीले आरोप लगाएका छन् । उनले भनेका छन्, “स्थिरता,समृद्धि,र अनन्त सपना बाँडेर सत्तासीन नेकपा ठिक बिपरित भ्रष्टाचार,चरम निरंकुशता,बिधिहिनता र अस्थिरताको बिम्ब बनेको छ।”

आफ्नो प्राथमिकताहरु छोडेर आन्तरिक सत्ता द्वन्द र च्याँखे प्रवृति दुवैले लोकतन्त्र र राष्ट्रको लागि घातक हुने उनले बताए ।

पछिल्लो समय नेकपा चरम आन्तरिक कलहमा डुबेको छ । यसै प्रशंगमा नेता केसीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,”स्थिरता,समृद्धि,र अनन्त सपना बाँडेर सत्तासीन नेकपा ठिक बिपरित भ्रष्टाचार,चरम निरंकुशता,बिधिहिनता र अस्थिरताको बिम्ब बनेको छ।आन्तरिक सत्ता द्वन्द्व र च्याँखे प्रबृत्ति दुवै लोकतन्त्र र रास्ट्रको निमित्त घातक हुनेछ।इतिहासको शिक्षा लिनै पर्ने बाध्यता छैन।तर नलिनेलाई क्षमा पनि गर्दैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?